बिभिन्न ब्यक्तित्वलाई चलचित्र संरक्षण मञ्चको मानार्थ सदस्यता प्रदान

बिभिन्न ब्यक्तित्वलाई चलचित्र संरक्षण मञ्चको मानार्थ सदस्यता प्रदान

२०७६ असार १० काठमाडौं

कला, साहित्य, चलचित्र, गीतसंगीत तथा पत्रकारिताको माध्यममार्फत राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिएका बिभिन्न ब्यक्तित्वहरुलाई चलचित्र संरक्षण मञ्चको मानार्थ सदस्यता प्रदान गरिएको छ ।

असार १० गते राजधानीको होटल हार्दिकमा आयोजित कार्यक्रमका बिच मञ्चको मानार्थ सदस्यता प्रदान गरिएको हो । समारोहमा बरिष्ठ गीतकार दयाराम पाण्डेय, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’, चर्चित पत्रकार कुबेर गिरी र बरिष्ठ सौन्दर्यकर्मी गीता पौडेललाई मञ्चको मानार्थ सदस्यता प्रदान गरिएको छ । यस्तै सोही कार्यक्रममा संगीतकार योगेन्द्र उपाध्यायलाई संगीतकार सम्मानबाट सम्मनित गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष टिकाराम रखाल मगर (रोजन)ले मञ्चको बिधान बमोजिम नै मानार्थ सदस्यता प्रदान गरिएको जनाए ।

up